Section 16
नाम दर्ता गराउँदा प्रमाण, सूचना र विवरण दिने
दफा १४ को उपदफा (२) बमोजिम दर्ता किताबमा नाम दर्ता हुने भएका वा दर्ता किताबमा नाम दर्ता गर्नका लागि सोही दफाको उपदफा (१) अन्तर्गत दरखास्त दिने व्यक्तिहरूले रजिष्ट्रारलाई देहाय बमोजिमको प्रमाण, विवरण एवं सूचना दिनुपर्नेछ :–
(क) काउन्सिलले आवश्यक ठानी तोकेका उपाधि, शैक्षिक योग्यताको प्रमाणपत्र र अन्य प्रमाण तथा कागजातहरू,
(ख) विदेशको कुनै मेडिकल काउन्सिल वा परिषद् वा सो सरहको संस्थाको दर्ता किताबमा निजको नाम दर्ता भएको छ भने सो दर्ता किताबमा दर्ता भएको निजको योग्यता वा उपाधि, दर्ता नम्बर र मिति खोली त्यसको विवरण,
(ग) यो ऐन र नियम बमोजिम कर्तव्य पालन गर्नेछु भन्ने प्रतिज्ञापत्र ।